हाम्रो बारेमा

धादिङ जिल्ला साविकको मैदी गाविसमा बसोबास गर्ने मानिसहरुलाई बचत गर्ने बानीको विकास गर्दै समु्दायमा छरिएर रहेका स–साना पुुँजीलाई एकिकृत गरी उत्पादनशिल क्षेत्रको लगानीबाट मानिसहरुको आर्थिक स्तर उकास्ने र आत्र्मनिर्भर बनाउने उद्धेश्यले ३१ जनाको सामुहिक पहलमा जनही रु. २०,०००।०० शेयर पुँजी संकलन गरि वि.स २०६७ साल मंसिर ८ गतेको दिन सहकारी ऐन २०४८ बमोजिम डिभिजन सहकारी कार्यालय, धादिङ बाट विधिबत् रुपमा दर्ता भएको संस्था हो । साविक मैदी गाविस हाल ज्वालामूखी गाउँपालिका वडा नं. १,२ र ३ लाई कार्यक्षेत्र बनाई विशेषत बचत संकलन र सदस्यहरुको आबश्यकता र क्षमतामा आधारित रहि आयमुलक क्षेत्रमा लगानी साथसाथै विप्रेषण(रेमिट्यान्स) मार्फत सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्दै आईरहेको कुरा अवगत गराइन्छ । ३१ जना सदस्यहरुको जम्मा शेयर पुँजी रु. ६,२०,०००।०० बाट सुरु गरिएको यस संस्थामा हाल १६२५ जना भन्दा धेरै सदस्यहरु र रु. १४ करोड बराबरको कुल सम्पतीबाट परिचालित भइरहेको छ ।

Mission (ध्येय)

“उद्यमशिलता विकास, प्रविधिमैत्री सेवा, प्रभावकारी वित्तिय व्यवस्थापन गरी सदस्यको आर्थिक, सामाजिक, सांस्कृतिक विकास एवं पर्यावरणीय सन्तुलन कायम गर्ने ।”

Vision (परिकल्पना)

“उत्कृष्ट, प्रतिस्पर्धी, दिगो वित्तिय सहकारी संस्था”

Goal (लक्ष्य)

२०८४ सालमा संस्था कहाँ पुग्नेछ ??

कुल पँजी

रु. ३०,६१,५९,२३६।००

शेयर पँजी

रु. २,९०,८५,१००।००

बचत संकलन

रु. २३,३९,३३,२९७।००

ऋणमा लगानी

रु. २४,४९,२७,३८८।००

जगेडा कोष

रु. २,२९,६१,९४२।००

शेयर सदस्य

४०४० जना

कर्मचारी संख्या

८ जना

सेवाकेन्द्र

१ वटा

हाम्रो आबद्धता

हामि विभिन्न संघहरुमा आबद्ध छौँ ।