हाम्रो वेवसाइटमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । आज सम्म आउदा हामीमा आत्मविश्वास बढाउने र निरन्तर सहयोग गर्नुहुने यहाँहरु जस्तै वेवसाइट भिजिर्टसहरु, विभिन्न संघ संस्था, शुभचिन्तक तथा शेयर सदस्यहरुप्रति हामी आभारी छौं । यहाँहरुको प्रत्यक्ष अप्रत्यक्ष सहयोगहरु हाम्रो इतिहासमा स्वर्ण अक्षरले लेखिनेछन । आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर माया र सहयोग पाइरहने अपेक्षा गरिरहेका छौं । हामी यहाँहरुलाई अझै गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ । मदन कुमार श्रेष्ठ अध्यक्ष
हामीले प्रदान गर्ने सेवाहरू
सदस्यहरुको हितलाई मध्यनजर गर्दै संस्थाको उदेश्य अनुरुप बचत, ऋण, विप्रेषण र विमा सम्बन्धि सेवाहरु यस संस्थाले प्रदान गर्दै आएको छ ।
बचत सेवा अन्तर्गत यस संस्थाले सामान्य तथा ३ प्रकारको बचतको स्वीकार गर्दछ । मासिक बचत, आवधिक बचत र ऐच्छिक बचतहरु हाल संचालनमा भएका बचतको सुविधाहरु हुन् । सदस्यहरुलाई नियमित रुपमा बचत गर्ने बानीको विकास गराउन साथै सदस्यहरुको वित्तीय पहुँचमा बृदि गराउनु संस्थाको उद्धेश्य रहेको छ ।
ऋण सेवा अन्तर्गत हाल यस संस्थाले व्यापार व्यवसाय कर्जा, हायर पर्चेज कर्जा र कृषि कर्जाहरु संचालनमा ल्याएको छ। संस्थाबाट ऋण लिई उत्पादनशील क्षेत्रको लगानीबाट सदस्यहरुको आयस्तर बृदि गराउनु र सदस्यहरुलाई उद्यमशील बनाउनु संस्थाको लक्ष्य रहेको छ ।
अब यस स्वस्तिक साकोसको सदस्यहरुले फोन-पे मार्फत आफ्नो मासिक बचत तथा ऋणको व्याज, किस्ता तिर्न सक्नुहुनेछ। काम बिशेषले घर भन्दा पर हुनुहुन्छ र संस्थामा आउन समय पाइराख्नु भएको छैन भने अनिवार्य फोन-पे मार्फत कारोवार गरौँ ।