“विद्यालय र विद्यार्थि सँगसँगै स्वस्तिक साकाेस”

“विद्यालय र विद्यार्थि सँगसँगै स्वस्तिक साकाेस” भन्ने मुल अभिप्रायले यस स्वस्तिक बचत तथा ऋण सहकारी सस्था लिमिटेड‚ ज्वालामूखी गाउँपालिका वडा न‍‌ं‍ २ मैदीकाे आर्थिक वर्ष २०८२।८३ को वार्षिक कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई वित्तिय  शिक्षा प्रदान गर्ने उद्धेश्यले मिति २०८२ साल माघ २२ गते वुधबारकाे दिन स्वस्तिक साकाेसकाे आयाेजनामा ज्वालामूखी गाउँपालिका वडा न‍‌ं‍ २ ठुलाेचाैर स्थित श्री ठुलाेचाैर मा‍‌ध्यमिक विद्यालयकाे कक्षा ८ ‚९ र १० मा अध्ययनरत ७२ जना विद्यार्थिहरुकाे सहभागितामा वित्तिय शिक्षा कार्यक्रम सम्पन्न गरेकाे छ । स्वस्तिक साकाेसकाे  ब्यबस्थापक श्री भिम विश्वकर्मा ज्युकाे सहजीकरणमा भएकाे उक्त्त कार्यक्रममा वित्त‚वित्तिय शिक्षा र ज्ञान‚ वित्तिय लक्ष्य र यसकाे महत्व‚ बचत याेजना ‚ वित्तसँग सम्वन्धित क्षेत्रहरु‚ कार्यहरुकाे बारेमा  प्रस्तुतिकरण गर्नुभएकाे थियाे । संस्थाकाे सदस्य एबं श्री ठुलाेचाैर मा‍‌ध्यमिक विद्यालयकाे प्रधानाध्यपक श्री श्याम कुमार श्रेष्ठ ज्युले विद्यार्थीहरुमा वित्तिय शिक्षा  र कार्यक्रमकाे  बारे छात्रा छात्रहरुलाई प्रष्ट  पार्नुहुदै साकाेस र विद्यालयकाे सहकार्यमा भएकाे यस्ता कार्यक्रमले विद्यार्थीहरुमा अनावश्यक खर्च कटाैति गरी बचत गर्ने बानिकाे विकास हुने र आगामी दिनमा गर्ने कार्यहरुकाे वित्तिय लक्ष्य निमार्ण गर्न  महत्वपुर्ण सहयाेग पुग्ने धारणा ब्यक्त्त  गर्नुभयाे साथै आगामि दिनहरुमा  पनि साकाेसले विद्यार्थिहरुकाे अतिरिक्त्त क्षमता विकासकाे लागि अन्य कार्यक्रमहरुमा सहकार्य गर्न आग्रह गर्नुभयाे ।  कार्यक्रममा सहभागि छात्र छात्राहरुले आगामि दिनमा वित्तिय  लक्ष्य निमार्ण गर्ने‚ बचत याेजना बनाउने प्रतिबद्धता गर्नुभयाे साथै कार्यक्रम अति उपलब्धिमुलक भएकाे प्रतिक्रिया  प्राप्त भयाे । 

अन्य