बचत सेवा
मासिक बचत खाता
मासिक बचत शेयर सदस्यले नियमित रुपमा अनिबार्य जम्मा गर्नुपर्ने रकम हाे । सस्थामा सदस्य भए पश्चात सदस्यले न्युनतम रु २०० हरेक महिना जम्मा गर्दै जानुपर्दछ यसलाइ बुढेशकालकाे सहारा बचतकाे रुपमा पनि लिन सकिन्छ । यसका विशेषताहरु तपशिल बमाेजिम रहेकाे छ ।
आजकाे मासिक बचत गर्ने बानी । हामीलाइ बनाउछ धनी ॥
- शेयर सदस्यले हरेक महिना अनिवार्य जम्मा गर्नैपर्ने ।
- सदस्यले न्युनतम रु २०० देखि रु ५००० सम्म हरेक महिना जम्मा गर्न सकिने ।
- मासिक बचतकाे आधारमा ऋण सुविधा उपलब्ध गराइने ।
- त्रेमासिक रुपमा ब्याज पुजिँकरण गरीने ।
- दैनिक माैज्दातमा ब्याज गणना हुने ।
- अशक्त र बुढेशकालकाे सहारा बचत ।
- उच्चतम ९।५ प्रतिशत ब्याजदर रहेकाे ।