स्वस्तिक साकाेसकाे १५ औँ वार्षिक साधारण सभाकाे अवसरमा जेष्ठ सदस्य सम्मान
स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि ज्वालामूखि २ मैदि धादिङ्गकाे १५ औँ वार्षिक साधारण सभा तथा पाँचाैँ अधिवेशन मिति २०८२ साल मंसिर २७ गते शनिबारकाे दिन सम्पन्न भएकाे छ । ज्वालामूखी गाउँपालिका अध्यक्ष श्री यामनाथ दनै ज्युकाे प्रमुख आतिथ्यता‚ ज्वालामूखी गाउँपालिका वडा नं २ काे वडाध्यक्ष श्री राजु लाेप्पा ज्युकाे विशेष आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा ज्वालामूखी गाउँपालिका वडा १‚ २‚ ३ र ४ काे वडा सदस्य ज्युहरु‚ अन्य सहकारी ‚ सरकारी तथा गैरसरकारी संघसंस्थाहरुकाे आतिथ्यता रहेकाे थियाे । १५ औँ वार्षिक साधारण सभाकाे अवसरमा सस्थामा आबद्ध भई काराेबार गर्दै आईरहनुभएकाे ७५ वर्षभन्दा माथिकाे ३६ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेकाे छ । जेष्ठ सदस्यहरु र सस्थाप्रतिकाे सम्बन्धलाई थप समधुर बनाउने र काराेबार गर्न थप प्राेत्साहन गर्ने उद्धेश्यले संस्थाकाे आर्थिक वर्ष २०८२।८३ काे वार्षिक कार्यक्रम अनुसार सदस्य सम्मान गरेकाे हाे । उक्त्त सम्मान कार्यक्रममा ज्वालामूखी गा पा निवासि सफल ब्यवसायि श्रीकृष्ण श्रेष्ठ ज्युद्धारा जेष्ठ सदस्यहरुकाे लागी सहायता सामाग्रिहरु सहयाेग गर्नुभएकाे थियाे । शेयर सदस्यहरुकाे उल्लेख्य उपस्थिति रहेकाे उक्त्त सभामा संस्थाकाे अध्यक्ष श्री मदन कुमार श्रेष्ठ ज्युले सांगठनिक प्रतिबेदन‚ सचिब श्री राम बहादुर भारती ज्युले संस्थाकाे कार्यप्रगती एबं भावि कार्यक्रम प्रस्तुत र काेषाध्यक्ष श्री राजु श्रेष्ठ ज्युमार्फत आर्थिक प्रतिबेदन साथै आगामि आ ब काे अनुमानित बजेट तथा याेजना प्रस्तुत र छलफल भएकाे थियाे । साथै उक्त्त साधारण सभा तथा अधिबेशन बाट आगामी ४ वर्षकाे लागि मदन कुमार श्रेष्ठ ज्युकाे अध्यक्षतामा ९ सदस्यिय संचालक समितीकाे चयन भएकाे छ । 








