स्वस्तिक साकाेसकाे १६ औँ स्थापना दिवसमा अपांगता भएकाहरुलाई Hygiene Kit वितरण,
मिति २०८२ साल मसिर ८ गतेकाे दिन १६ औँ संस्था स्थापना दिवसकाे अवसरमा स्वस्तिक बचत तथा ऋण सहकारी सस्था लि धादिङ्गले ज्वालामूखी गाउँपालिका वडा नं १‚२ र ३ साविक मैदि गाविस काे २९ जना अपांगता भएका शेयर सदस्य वा एकाघरकाे परिवारलाई स्वास्थ्य सरसफाई सामाग्री Hygiene Kit वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । संस्थाकाे अध्यक्ष श्री मदनकुमार श्रेष्ठ ज्यूकाे अध्यक्षता र ज्वालामूखी गाउँपालिका वडा न १ का वडाअध्यक्ष श्री कृष्ण गिरी ज्यु काे प्रमुख आतिथ्यतामा भएकाे उक्त्त कार्यक्रममा सरकारी , गैरसरकारी एवं सहकारी संघसंस्थाहरुकाे आतिथ्यता रहेकाे थियाे । उक्त्त कार्यक्रममा संस्थाकाे उपाध्यक्ष श्री मनमाया लाेप्पा ज्युले स्वागत मन्तब्य दिनुभएकाे थिथाे भने अध्यक्ष श्री मदन कुमार श्रेष्ठ ज्युले साकाेसकाे स्थापनाकालदेखि हालसम्मकाे अवस्था , संस्थाले सदस्यहरुलाई प्रदान गरेकाे सेवाहरु , सामाजिक उत्तरदायित्व बहनका कार्यहरु साथै आगामी दिनमा संस्थाकाे लक्ष्यबारे जानकारीसहित कार्यक्रमकाे अैाचित्यबारे प्रष्ट पार्नुभएकाे थियाे। अपांगता भएका ब्यक्त्तीहरुलाई स्वास्थ्य सरसफाई सामाग्री Hygiene Kit काे सही प्रयाेग र स्वास्थ्य शिक्षाबारे मैदी स्वास्थ चाैकी अहेब श्री दुर्गा नारायण श्रेष्ठले जानकारी दिनुभएकाे थियाे । समाज

मा फरक क्षमता भएकाे ब्यक्त्तीहरुलाई लक्षित गरी याे कार्यक्रम गरेकाेमा अत्यन्त खुसि भएकाे कुरा अपांगता सदस्यहरुले ब्यक्त्त गर्नुभयाे ।






