स्वस्तिक साकाेसद्धारा धार्मिक स्थल मैदिकाेटमा सरसफाई कार्यक्रम
२०८१ साल असाेज १९ गतेकाे दिन विजयदशमी २०८१ काे पुर्वसन्ध्याकाे अवसरमा स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि ज्वालामूखि २ मैदि धादिङ्गकाे वार्षिक कार्यक्रम अन्तर्गत ज्वालामूखि ३ स्थित मैदीकाेट खड्गदेवि मन्दिर वरपर सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा संस्थाकाे संचालक समिति ‚ लेखा समिति ‚ ऋण उपसमिती ‚ शिक्षा उपसमिती ‚शेयरसदस्यहरु ‚ कर्मचारीहरुकाे उपस्थित साथै मैदी प्रहरी चाैकी र रेडक्रस उपशाखा मैदीकाे विशेष सहयाेग रहेकाे थियाे । 






