ज्वालामूखी २ लाल्चि र विजयटारकाे सदस्यहरुलाई वित्तिय साक्षरता एवं सहकारी शिक्षा प्रदान
सदस्यहरुलाई वित्तिय शिक्षा प्रदान गर्ने उद्धेश्यले मिति २०८१ साल बैशाख १५ गते शनिबारकाे दिन स्वस्तिक साकाेसकाे आयाेजनामा ज्वालामूखी गाउँपालिका वडा नं २ लाल्चि र विजयटारकाे ७८ जना शेयर सदस्य एव बाल बचतकर्ताहरुकाे सहभागितामा प्रेरितिय मन्डलि हलमा वित्तिय साक्षरता एबं सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएकाे छ । स्वस्तिक साकाेसकाे आर्थिक वर्ष २०८०।८१ काे वार्षिक बजेट तथा याेजना अनुसार भएकाे उक्त कार्यक्रममा संस्थाकाे ब्यबस्थापक श्री भिम विश्वकर्मा ज्यु ले सहजिकरण गर्नुभएकाे थियाे भने कार्यालय सहायक श्री सुस्मा श्रेष्ठ ज्युले कार्यक्रम ब्यबस्थापनमा सहयाेग गर्नुभएकाे थियाे । कार्यक्रममा विशेष गरि सहकारी र सदस्यविचमा अन्तरसम्बन्ध सहकारीकाे सदस्यप्रतिकाे बहन गर्नुपर्ने उत्तरदायित्व साथसाथै बचतकाे महत्व र ऋण सदुपयाेगिता ऋण ब्यबस्थापन आदि बारे छलफल गरिएकाे थियाे । सदस्य सँगसँगै स्वस्तिक साकाेस भन्ने अभिप्रायकाे साथ काेखदेखि शाेकसम्म स्वस्तिक साकाेस सदस्य सँगै रहने र साेही बमाेजिम कार्यक्रमहरु सस्थाले सिर्जना गर्ने कुरा शेयर सदस्यहरुमा विस्वास्त पारीयाे र हाल सदस्यहरुलाई सस्थाले प्रदान गरिएकाे विभिन्न सेवाहरुकाे बारेमा जानकारी गराईयाे। स्वस्तिक साकाेसद्धारा आयाेजना गरिएकाे सहकारी शिक्षा एवं वित्तिय साक्षरता कार्यक्रम अति महत्वपुर्ण रहेकाे र यस्ता कार्यक्रमहरुले नगद पैसाकाे उचित ब्यबस्थापन गर्नमा सहयाेग गर्ने कुरा सहभागि सदस्यहरुले बताउनुभयाे ।







