ज्वालामूखी ३ स्थित ग्याल्मामा वित्तिय साक्षरता एवं सहकारी शिक्षा कार्यक्रम सम्पन्न ।
सदस्यहरुलाई वित्तिय शिक्षा प्रदान गर्ने उद्धेश्यले मिति २०८० साल फागुन १९ गते शनिबारकाे दिन स्वस्तिक साकाेसकाे आयाेजनामा ज्वालामूखी गाउँपालिका वडा नं ३ ग्याल्माकाे ५६ जना शेयर सदस्यहरुकाे सहभागितामा वित्तिय साक्षरता एबं सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएकाे छ । स्वस्तिक साकाेसकाे शिक्षा उपसमिती संयाेजक श्री यम बहादुर आलेकाे अध्यक्षता र ज्वालामूखी गाउँपालिका वडा नं ३ काे वडासदस्य श्री सुर्य बहादुर आले ज्युकाे आतित्थतामा भएकाे उक्त कार्यक्रममा संस्थाकाे ब्यबस्थापक श्री भिम विश्वकर्मा र कार्यालय सहायक श्री सुस्मा श्रेष्ठ ज्यु ले सहजिकरण गर्नुभएकाे थियाे । शिक्षा उपसमिती संयाेजक यम बहादुर आले ज्युबाट सदस्य र संस्थाकाे सम्बन्ध कायम गर्नकाे लागि सहकारी शिक्षाकाे महत्व र कार्यक्रमकाे औचित्यकाे बारेमा प्रकाश पार्नुभएकाे थियाे । भने वडासदस्य श्री सुर्य बहादुर आले ज्युले स्वस्तिक साकाेसद्धारा सदस्यहरुलाई प्रदान गर्दै आएकाे सहकारी शिक्षा एवं वित्तिय साक्षरता कार्यक्रम अति महत्वपुर्ण रहेकाे र समुदाय स्तरमा रही कार्यक्रमहरु संचालन गर्दै आएकाेमा धन्यबाद प्रकट गर्नुभयाे ।







