स्वस्तिक साकाेसकाे १३ औँ साधारण सभा मंसिर २३ मा हुने ।
स्वस्तिक साकाेस ज्वालामूखि २ मैदि धादिङ्गकाे मिति २०८० साल कार्तिक २६ गते बसेकाे संचालक समितिकाे बैठककाेे निर्णय अनुसार संस्थाकाे १३ औँ वार्षिक साधारण सभा मिति २०८० साल मंसिर २३ गते शनिबारकाे दिन हुन गईरहेकाे छ । उक्त सभामा आ ब २०७९।८० काे कार्य प्रगति ‚ वित्तिय प्रतिबेदनहरुकाे प्रस्तुति एबं छलफल र भावि कार्यक्रमहरुकाे उपर छलफल गरिनेछ । साथै आ ब २०७९।८० काे मुनाफाबाट १३ प्रतिशत शेयर लाभांश पारितकाे लागि प्रस्ताब पेश गरिनेछ‚ साे साधारण सभा ज्वालामूखि २ स्थित सस्कृत तथा साधारण मावि काे प्रांगण मा ठिक ११ बजे संचालन हुने र सम्पुर्ण शेयर धनि महानुभाबहरुलाई समयमा नै उपस्थित भईदिनुहुनकाे लागि हार्दिक अनुराेध छ ।






