स्वस्तिक साकाेसकाे १५ औँ संस्था स्थापना दिवसमा सुनाैला हजार दिनका आमाहरुलाई Hygiene Kit वितरण, साथै स्वास्थ्य शिक्षा प्रदान
मिति २०८१ साल मसिर ८ गतेकाे दिन १५ औँ संस्था स्थापना दिवसकाे अवसरमा स्वस्तिक बचत तथा ऋण सहकारी सस्था लि धादिङ्गले ज्वालामूखी गाउँपालिका वडा नं ४ काे २६ जना सुनाैला हजार दिनका आमाहरुलाई लागि स्वास्थ्य सरसफाई सामाग्री Hygiene Kit वितरण एव स्वास्थ्य शिक्षा प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । ज्वालामूखी गाउँपालिका स्वास्थ्य शाखा र ढाेला स्वास्थ्य चाैकिकाे समन्वयमा भएकाे कार्यक्रममा संस्थाकाे अध्यक्ष श्री मदनकुमार श्रेष्ठ ज्यूकाे अध्यक्षता र ज्वालामूखी गाउँपालिका वडा न ४ का वडासदस्य श्रीराम शाह, बेल बहादुर तामाङ ,देबकी दमै ,ज्वालामूखी गाउँपालिका कार्यपालिका सदस्य श्री पम्फा दुवाडी ज्यूकाे आतिथ्यता रहेकाे थियाे । उक्त्त कार्यक्रममा ज्वालामूखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्री सुजन श्रेष्ठ ज्यूले सुनाैला हजार दिनका आमाहरुलाई स्वास्थ्य शिक्षा प्रदान गर्नु भएकाे थियाे भने ब्यबस्थापक श्री भिम विश्वकर्माले स्वस्तिक साकाेसकाे वर्तमान वित्तिय अवस्था , आगामी याेजना साथै कार्यक्रमकाे अैाचित्यबारे प्रष्ट पार्नुभएकाे थियाे। संस्थाकाे नयाँ कार्यक्षेत्र भएकाे र सदस्य विस्तार गर्ने उद्धेश्यले वित्तिय साक्षरता लगायत सुनाैला हजार दिनका आमाहरुलाई बचत गर्ने बानी विकास र वित्तिय पुर्व तयारिकाे लागि रकम संकलन स्वरुप संस्थाबाट निशुल्क खुत्रुके समेत प्रदान गरिएकाे थियाे ।







