स्वस्तिक साकाेसद्धारा काठमाडाैँमा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि ज्वालामूखि २ मैदि धादिङ्गले मिति २०८० साल पुस ७ गते शनिबारकाे दिन विभिन्न पेशा ब्यबसाय गरि काठमाडाैँमा रहदै आउनुभएकाे शेयर सदस्यहरु र मैदिबासि शुभेच्छुकहरुलाई मध्यनजर गर्दै साकाेस प्रवद्धनकाे लागी सदस्य एव सराेकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेकाे छ । काठमाडाैँकाे कंलकीस्थित काेजी फुडल्यान्डमा भएकाे उक्त्त कार्यक्रममा स्वस्तिक साकाेसकाे अध्यक्ष श्री मदन कुमार श्रेष्ठ ज्युकाे अध्यक्षता‚ ससाह दर्बुङघाट सडक सराेकार समिती अध्यक्ष श्री राजकुमार सामारी ज्यु ‚ एडमार्क एकेडेमीकाे सहायक प्रिन्सिपल श्री प्रकाश लम्साल ज्यु ‚ भानु उमाविका प्राध्यापक श्री केशबराज घिमिरे ज्युकाे आतिथ्यता रहेकाे थियाे । हाल काठमाडाैँ निवासी सदस्यहरु ‚ शुभेच्छुकहरु र स्वस्तिक साकाेसकाे संचालक समिती ‚ उप समीतीकाे पदाधिकारी ज्युहरुकाे सहभागितामा सम्पन्न कार्यक्रममा संस्थाकाे संचालक सदस्य श्री सुजन श्रेष्ठ ज्युले साकाेसकाे विगत ‚ वर्तमान अवस्था र आगामि कार्ययाेजनाकाे बारे प्रस्तुति राख्नुभएकाे थियाे भने ब्यबस्थापक श्री भिम विश्वकर्मा ज्यु ले साकाेसकाे हालकाे बर्तमान वित्तिय अवस्था र आगामी वित्तिय लक्ष्यबारे जानकारी प्रदान गर्नुभएकाे थियाे । हाल काठमाडाैँ मा रहनुहुने सदस्यहरुलाई थप सक्रिय बनाई सदस्य र साकाेसविचकाे सम्बन्ध निरन्तर समधुर हुने गरी बचत तथा ऋणकाे काराेबारमा नियमितता दिने र नयाँ शेयर सदस्यहरुकाे वृद्धिमा जाेड दिने सामुहिक प्रतिबद्धता सहित कार्यक्रम सफल भएकाे छ ।








