स्वस्तिक साकाेसद्धारा जेष्ठ सदस्यहरुकाे लागी देबघाटधाम धार्मिक भ्रमण सम्पन्न
माघेसक्रान्ति मकर मेलाकाे अबसरमा मिति २०८० पाैष २९ गतेदेखि माघ १ गतेसम्म स्वस्तिक साकाेसले ६० वर्षभन्दा माथि उमेर समुहकाे जेष्ठ सदस्यहरुकाे सहभागितामा धार्मिक भ्रमण कार्यक्रम सम्पन्न गरेकाे छ । साकाेसकाे आर्थिक वर्ष २०८०।८१ काे वार्षिक बजेट तथा याेजना अनुसार उक्त्त कार्यक्रम संचालन भएकाे थियाे । मकर मेलाकाे अवलाेकन सहित देबघाटधाममा धार्मिक स्नान गरि पुण्य प्राप्तिकाे लागि जेष्ठ सदस्यहरुकाे लागि तिर्थस्थल भ्रमणकाे आयाेजना गरिएकाे हाे । उक्त भ्रमण कार्यक्रममा ६२ जना जेष्ठ सदस्यहरु र ७ जना संचालक समिती एबं उपसमिति र कर्मचारीहरु गरि जम्मा ६९ जनाकाे सहभागिता रहेकाे थियाे । संस्थाले यस्ता कार्यक्रमकाे आयाेजना गरेकाेप्रति जेष्ठ सदस्यहरु उत्साहित भएकाे र सम्पुर्ण सदस्यहरुबाट संस्थाकाे प्रगती र सफलताकाे शुभकामना ब्यक्त्त गर्नुभयाे ।






