स्वस्तिक साकाेसद्धारा ज्वालामूखी ४ मा सदस्यहरुलाई वित्तिय साक्षरता एवं सहकारी शिक्षा प्रदान
नयाँ कार्यक्षेत्रमा सदस्यता वृद्धि तथा सदस्यहरुलाई वित्तिय शिक्षा प्रदान गर्ने उद्धेश्यले मिति २०८१ साल चैत्र २ गते शनिबारकाे दिन स्वस्तिक साकाेसकाे आयाेजनामा ज्वालामूखी गाउँपालिका वडा नं ४ का ७९ जनाकाे सहभागितामा ज्वालामूखी गाउँपालिका वडा नं ४ पुर्सु स्थित बराहाकालिका माध्यमिक विद्यालयमा वित्तिय साक्षरता एबं सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएकाे छ । स्वस्तिक साकाेसकाे आर्थिक वर्ष २०८१।८२ काे वार्षिक बजेट तथा कार्यक्रम अनुसार सस्थाकाे अध्यक्ष श्री मदन कुमार श्रेषठ ज्युकाे अध्यक्षता ‚ ज्वालामूखी गाउँपालिका वडा नं ४ काे वडासदस्य श्री बेल बहादुर तामाङ्ग र बराहाकालिका माध्यमिक विद्यालयकाे प्रधानाध्यपक श्री शिव प्रसाद अर्याल ज्युकाे आतिथ्यतामा भएकाे उक्त कार्यक्रमलाइ संस्थाकाे ब्यबस्थापक श्री भिम विश्वकर्मा ज्यु ले सहजिकरण गर्नुभएकाे थियाे भने संस्थाकाे संचालक समिती सदस्य श्री सुजन श्रेष्ठ ज्युले स्वस्तिक साकाेसकाे ध्येय ‚ उद्धेश्य र कार्यक्रमकाे आैचित्य बारे प्रष्ट पार्नुभएकाे थियाे । कार्यक्रममा विशेष गरि सहकारी र सदस्यविचमा अन्तरसम्बन्ध‚ सहकारीले सदस्यप्रति बहन गर्नुपर्ने उत्तरदायित्व ‚ बचतकाे महत्व र ऋण सदुपयाेगिता ‚ ऋण ब्यबस्थापन साथै विमा इत्यादि बारे छलफल गरिएकाे थियाे । सदस्य सँगसँगै स्वस्तिक साकाेस भन्ने अभिप्रायकाे साथ काेखदेखि शाेकसम्म स्वस्तिक साकाेस सदस्य सँगै रहने र साेही बमाेजिम कार्यक्रमहरु सस्थाले सिर्जना गर्ने कुरा शेयर सदस्यहरुमा जानकारी गराइयाे र हाल सदस्यहरुलाई सस्थाले प्रदान गरिएकाे विभिन्न सेवाहरुकाे बारेमा अवगत
गराईयाे। स्वस्तिक साकाेसद्धारा आयाेजना गरिएकाे सहकारी शिक्षा एवं वित्तिय साक्षरता कार्यक्रम अति महत्वपुर्ण रहेकाे र यस्ता कार्यक्रमहरुले नगद पैसाकाे उचित ब्यबस्थापन गरि आयस्तरमा वृद्धि गर्न सहयाेग गर्ने कुरा सहभागि सदस्यहरुले बताउनुभयाे ।






