स्वस्तिक साकाेसद्धारा सस्कृत मा⋅वि कक्षा १२ मा अध्ययनरत विद्यार्थिहरुलाई वित्तिय शिक्षा प्रदान
विद्यालय र विद्यार्थि सँगसँगै स्वस्तिक साकाेस भन्ने मुल अभिप्रायले यस स्वस्तिक बचत तथा ऋण सहकारी सस्था लिमिटेड‚ ज्वालामूखी गाउँपालिका वडा नं २ मैदीकाे वार्षिक बजेट तथा याेजना अन्तर्गत विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई शिक्षा प्रदान गर्ने उद्धेश्यले मिति २०८० साल फागुन १ गते मंगलबारकाे दिन स्वस्तिक साकाेसकाे आयाेजनामा ज्वालामूखी गाउँपालिका वडा नं २ सातदाेबाटाे स्थित श्री सस्कृत मा⋅वि काे कक्षा १२ मा अध्ययनरत ५८ जना विद्यार्थिहरुकाे सहभागितामा वित्तिय शिक्षा कार्यक्रम सम्पन्न गरेकाे छ । स्वस्तिक साकाेसकाे शिक्षा उपसमिती सदस्य श्री ध्रुब कुमार श्रेष्ठ ज्युकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा संस्थाकाे ब्यबस्थापक श्री भिम विश्वकर्माले सहजीकरण गर्नुभएकाे थियाे । संस्थाकाे शेयर सदस्य एबं सस्कृत तथा साधारण मावि का शिक्षक श्री विष्णुकुमार श्रेष्ठ ज्यु मार्फत विद्यार्थी हरुमा वित्तिय शिक्षा र कार्यक्रमकाे महत्वबारे छात्रा छात्रहरुलाई जानकारी गराउनुभएकाे थियाे भने शिक्षक श्री टंक प्रसाद दुवाडी ज्युले अन्य ब्यबस्थापन तथा सहजिकरणमा सहयाेग गर्नुभएकाे थियाे । उक्त्त कार्यक्रममा विद्यार्थीहरुकाे सक्रिय सहभािगताकाे साथै उपलब्धिमुलक भएकाे प्रतिक्रिया सहभागी छात्र छात्रामार्फत प्राप्त भयाे ।








