स्वस्तिक साकाेसद्धारा सदस्यहरुलाई उद्यमशिलता विकास सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

सदस्य सँगसँगै स्वस्तिक साकाेस भन्ने मुल अभिप्रायले उद्यमशिल सदस्यकाे खाेजी कार्यक्रम अन्तर्गत  यस स्वस्तिक बचत तथा ऋण सहकारी सस्था लिमिटेड‚ ज्वालामूखी गाउँपालिका वडा न‍‌ं‍ २ मैदीकाे वार्षिक बजेट तथा याेजना अन्तर्गत सदस्यहरुकाे ब्यापार ब्यबसायकाे निरन्तरता ‚ वृद्धि एबं विकास  गर्ने उद्धेश्यले मिति २०८० साल फागुन १५ गते म‌ंगलबारकाे दिन स्वस्तिक साकाेसकाे आयाेजनामा ज्वालामूखी गाउँपालिका वडा न‍‌ं‍ २ सातदाेबाटाे मा  ३६ जना उद्यमी सदस्यहरुकाे सहभागितामा उद्यमशिलता विकास सम्बन्धि १ दिने अभिमुखिकरण  कार्यक्रम सम्पन्न गरेकाे छ । स्वस्तिक साकाेसकाे संस्थापक अध्यक्ष समेत रहनुभएकाे ज्वालामूखी गाउँपालिका वडा न‍‌ं‍ २ का वडाध्यक्ष श्री राजु लाेप्पा ज्युकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रम लाई प्रशिक्षक श्री श्याम बहादुर मगरती ज्युले  सहजीकरण गर्नुभएकाे थियाे । ब्याबसायिक शेयर सदस्यहरुकाे सहभागितामा भएकाे  उक्त्त कार्यक्रमबाट सदस्यहरुकाे हाल रहेकाे ब्यबसायलाई थप ब्यवस्थित र प्रभाबकारी तवरले संचालन गर्न मद्धत पुग्ने अपेक्षा गरिएकाे छ ।  साथै सहभागी सदस्यहरुमार्फत यस्ता कार्यक्रम अत्यन्त  उपलब्धिमुलक भएकाे प्रतिक्रिया   प्राप्त भयाे ।

अन्य