स्वस्तिक साकाेसद्धारा सदस्यहरुलाई ब्यवसाय निरन्तरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

सदस्य सँगसँगै स्वस्तिक साकाेस भन्ने मुल अभिप्रायले उद्यमशिल सदस्यकाे खाेजी कार्यक्रम अन्तर्गत  यस स्वस्तिक बचत तथा ऋण सहकारी सस्था लिमिटेड‚ ज्वालामूखी गाउँपालिका वडा न‍‌ं‍ २ मैदीकाे  आर्थिक वर्ष २०८१।८२ काे  वार्षिक बजेट तथा याेजना अन्तर्गत सदस्यहरुकाे ब्यापार ब्यबसायकाे निरन्तरता ‚ वृद्धि एबं विकास  गर्ने उद्धेश्यले मिति २०८१ साल चैत्र १ गते शुक्रबारकाे दिन स्वस्तिक साकाेसकाे आयाेजनामा ज्वालामूखी गाउँपालिका वडा न‍‌ं‍ २ सातदाेबाटाे मा  ३४ जना उद्यमी सदस्यहरुकाे सहभागितामा उद्यमशिलता विकास सम्बन्धि १ दिने अभिमुखिकरण  कार्यक्रम सम्पन्न गरेकाे छ । स्वस्तिक साकाेसकाे  अध्यक्ष श्री मदन कुमार श्रेष्ठ ज्युकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रम लाई स्वस्तिक साकाेसकाे ब्यवस्थापक श्री भिम विश्वकर्मा ज्युले  सहजीकरण गर्नुभएकाे थियाे । ब्याबसायिक शेयर सदस्यहरुकाे सहभागितामा भएकाे  उक्त्त कार्यक्रमबाट सदस्यहरुकाे हाल रहेकाे ब्यबसायलाई थप ब्यवस्थित र प्रभाबकारी तवरले संचालन गर्न मद्धत पुग्ने अपेक्षा गरिएकाे छ ।  साथै सहभागी सदस्यहरुमार्फत यस्ता कार्यक्रम अत्यन्त  उपलब्धिमुलक भएकाे र कार्यक्रमबाट प्राप्त सिकाइहरुलाइ कार्यन्वयनमा जाेड दिने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।

अन्य