स्वस्तिक साकाेसद्धारा १४ आैँ स्थापना दिवसकाे अवसरमा गर्भवति महिलाहरुलाई Hygiene Kit वितरण
मिति २०८० साल मसिर ८ गतेकाे दिन १४ अाैँ स्थापना दिवसकाे अवसरमा स्वस्तिक बचत तथा ऋण सहकारी सस्था लि धादिङ्ग ले २६ जना गर्भवति महिलाहरुकाे लागि स्वास्थ्य सरसफाई सामाग्रिकाे वितरण गरेकाे छ । मैदि स्वास्थ्य चाैकिकाे सहकार्यमा गर्भवति महिलाहरुलाई स्वास्थ्य शिक्षा प्रदान गरिएकाे थियाे । उक्त कार्यक्रममा मैदि स्वास्थ्य चाैकीकाे सिअहेब श्री दुर्गा नारायण श्रेष्ठ ले गर्भावस्थामा कसरि सुरक्षित हुने भन्ने बारे महिलाहरुलाई सचेतना प्रदान गर्नूभएकाे थिथाे । त्यस्तै अनमी श्री एलिना श्रेष्ठले पनि गर्भावस्थामा गर्नुपर्ने हेरचाहहरु र पुर्व तयारीकाे विषयमा जानकारी दिनुभएकाे थियाे । गर्भवति महिलाले आफु र बच्चा दुवै स्वास्थ्य रहनकाे लागि पाेषणा खानेकुरा महत्वपुर्ण हुने बारे ज्वालामूखी गाउँपालिका वडा नं २ काे सामुदायिक स्वास्थ्य सहजकर्ता श्री शाेभा सामारी अर्यालले सचेत गराउनुभयाे । साथै उक्त कार्यक्रममा गर्भवति महिलाहरुलाई वित्तिय पुर्व तयारिकाे लागि रकम संकलनकाे लागि संस्थाबाट निशुल्क खुत्रुके समेत प्रदान गरिएकाे थियाे ।






