६८ औँ सहकारी दिवसमा प्रभातफेरी कार्यक्रम,
चैत्र २०, अर्थात् राष्ट्रिय सहकारी दिवस । ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा “मर्यादित सहकारी ः समुन्नत समाज” भन्ने मुल नाराको साथ ज्वालामूखी गाउँपालिका वडा नं. १,२ र ३ अर्थात् साविक मैदी गा.वि.स भित्र संंचालित सहकारी संस्थाहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
देशको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा रहेको सहकारी क्षेत्रले सदस्यहरुको आर्थिक,सामाजिक र सास्कृतिक विकासमा महत्वपुर्ण योगदान गरिरहेको र सहकारी अभियानलाई सुब्यवस्थित र मर्यादित बनाई अर्थतन्त्रमा सहकारी अभियानको महत्वपुर्ण योगदान रहेको जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । मैदीमा संचालित ८ वटा सहकारी संस्थाहरुको सक्रिय सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रम ज्वालामूखी २, हटिया देखि बतासेसम्म प्रभातफेरी कार्यक्रम गरि समापन गरिएको थियो । सो दिवसिय कार्यक्रममा स्वस्तिक साकोस,नमुना महिला बचत तथा ऋण सहकारी , सानाकिसान कृषि सहकारी मैदी, स्थानपति कृषि सहकारी, मैदी ग्रामिण विधुत् सहकारी , मैदी ग्रामीण कृषि बहुउद्धेश्यीय सहकारी, चन्द्रोदय कृषि सहकारी र समुन्नत कृषि तथा पशुपन्क्षि सहकारीको संचालक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।







