स्वस्तिक साकाेसद्धारा धार्मिक स्थलहरुकाे सरसफाइ कार्यक्रम सम्पन्न ।
२०८० साल असाेज २८ गतेकाे दिन घटस्थापना तथा विश्व हात धुने दिनकाे अवसरमा स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि ज्वालामूखि २ मैदि धादिङ्गकाे वार्षिक कार्यक्रम अन्तर्गत साविक मैदि गाविसकाे खड्कदेवि मन्दिर र सातदाेबाटाे मन्दिर वरपर सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा संस्थाकाे संचालक समिति ‚ लेखा समिति ‚ ऋण उपसमिती ‚ शिक्षा उपसमिती ‚ कर्मचारीहरु साथै ज्वालामूखी वडा नं ३ काे वडाध्यक्ष श्री उमेश श्रेष्ठ ज्यूकाे विशेष सहभागिता रहेकाे थियाे । मन्दिर वरपर सरसफाइ गरी अब्यबस्थित रुपमा रहेकाे भाैतिक सामाग्रिहरुकाे उचित ब्यबस्थापन गरि उक्त क्षेत्रमा फाेहाेर संकलनकाे लागी संस्थाद्धारा डस्विन प्रदान गरियाे ।







