स्वस्तिक साकाेसकाे  १३ औँ वार्षिक साधारण सभा सम्पन्न ।

स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि  ज्वालामूखि  २ मैदि धादिङ्गकाे  १३ औँ वार्षिक साधारण सभा मिति २०८० साल मंसिर २३ गते शनिबारकाे दिन सम्पन्न भएकाे  छ । उक्त्त कार्यक्रममा ज्वालामूखी गाउँपालिका अध्यक्ष श्री यामनाथ दनै ज्युकाे प्रमुख आतिथ्यता‚ गाउँपालिका उपाध्यक्ष श्री धर्म बहादुर अर्याल ‚ ज्वालामूखी गाउँपालिका वडा नं १‚२ र ३ काे वडाध्यक्षहरुकाे विशेष आतिथ्यतामा भएकाे कार्यक्रममा अन्य सहकारी ‚ सरकारी तथा गैरसरकारी संघसंस्थाहरुकाे आतिथ्यता रहेकाे थियाे । शेयर सदस्यहरुकाे उल्लेख्य उपस्थिति रहेकाे उक्त्त सभामा संस्थाकाे अध्यक्ष श्री मदन कुमार श्रेष्ठ ज्युले सांगठनिक प्रतिबेदन‚ सचिब श्री राम बहादुर भारती ज्युले संस्थाकाे कार्यप्रगती एबं भावि कार्यक्रम प्रस्तुत र काेषाध्यक्ष श्री राजु श्रेष्ठ ज्युमार्फत आर्थिक प्रतिबेदन साथै आगामि आबकाे अनुमानित बजेट तथा याेजना प्रस्तुत र छलफल भएकाे थियाे ।  साथै आ ब २०७९।८० काे मुनाफाबाट १३ प्रतिशत शेयर लाभांश वितरणकाे  प्रस्ताब पेश गरिएकाेमा  साधारण सभाबाट पारित गरिएकाे छ ।

अन्य