स्वस्तिक साकाेसद्धारा सदस्यहरुलाई वित्तिय साक्षरता कार्यक्रम सम्पन्न ।
सदस्यहरुलाई वित्तिय शिक्षा प्रदान गर्ने उद्धेश्यले मिति २०८० साल पाैष २७ गते शुक्रबारकाे दिन स्वस्तिक साकाेसकाे आयाेजनामा ज्वालामूखी गाउँपालिका वडा नं ३ अमराईकाे ३८ जना शेयर सदस्यहरुकाे सहभागितामा वित्तिय साक्षरता एबं सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेकाे छ । स्वस्तिक साकाेसकाे शिक्षा उपसमिती संयाेजक श्री यम बहादुर आलेकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा संस्थाकाे ब्यबस्थापक श्री भिम विश्वकर्माले सहजीकरण गर्नुभएकाे थियाे भने कार्यालय सहायक श्री सुस्मा श्रेष्ठ ज्यु मार्फत अन्य ब्यबस्थापन कार्यमा सहयाेग गर्नुभएकाे थियाे
। शिक्षा उपसमिती संयाेजक यम बहादुर आले ज्युबाट सदस्य र संस्थाकाे सम्बन्ध कायम गर्नकाे लागि सहकारी शिक्षाकाे महत्व र कार्यक्रमकाे औचित्यकाे बारेमा प्रकाश पार्नुभएकाे थियाे ।






