नेत्रावति साकाेस काठमाडाैँद्धारा स्वस्तिक साकाेसकाे अवलाेकन भ्रमण ।

नेत्रावति बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रागिरि नपा काठमाडाैँद्धारा स्वस्तिक साकाेसमा आई अवलाेकन भ्रमण  गरेकाे छ । मिति २०८० साल पाैष २८ गते शनिबारका दिन उक्त साकाेसकाे अध्यक्ष श्री किरण अधिकारी ज्युकाे नेतृत्वमा संचालक समिती‚ लेखा सुपरिवेक्षण समिती‚ उपसमितीका पदाधिकारी लगायत कर्मचारीहरु समेत गरि ३१ जनाकाे भ्रमण टाेलि मार्फत स्वस्तिक साकाेसमा आई स्थलगत साकाेस अबलाेकन गरिएकाे थियाे । उक्त कार्यक्रममा दुई स‌ंस्थाबाट सहभागिहरुकाे परिचय गरि एक अर्काले गरेकाे साकाेस संचालनकाे असल अभ्यासहरुकाे बारेमा सिकाई आदानप्रदान गरिएकाे थियाे । स्वस्तिक साकाेसकाे संचालक सचिब श्री राम बहादुर भारती ज्यु बाट संचालन गरिएकाे कार्यक्रममा संस्थाकाे ब्यबस्थापक श्री भिम विश्वकर्मा ज्युमार्फत स्वस्तिक साकाेसकाे वित्तिय अवस्था र अवलम्वन गर्दै आएकाे अभ्यासहरुकाे बारेमा प्रस्तुति गर्नुभएकाे थियाे । नेत्रावति साकाेसकाे अध्यक्ष श्री किरण अधिकारी र स्वस्तिक साकाेसकाे अध्यक्ष श्री मदन कुमार श्रेष्ठ ज्युमार्फत एक अर्काबिच संस्थागत चिनारीसहित शुभकामना मन्तब्य ब्यक्त गरिएकाे थियाे ।

अन्य