युवा ब्यवसायी श्रीकृष्ण श्रेष्ठद्धारा स्वस्तिक साकाेसकाे जेष्ठ सदस्यहरुलाई सहायता सामाग्री प्रदान ।
ज्वालामूखी गाउँपालिका वडा नं २ निवासि सफल युवा ब्यवसायि श्रीकृष्ण श्रेष्ठ ज्युद्धारा स्वस्तिक साकाेसमा आबद्ध भई काराेबार गर्दै आईरहनुभएकाे ७५ वर्षभन्दा माथिकाे ३६ जना जेष्ठ सदस्यहरुलाई सहायता सामाग्रिहरु प्रदान गर्नुभएकाे छ । स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि ज्वालामूखि २ मैदि धादिङ्गकाे १५ औँ वार्षिक साधारण सभा काे अवसरमा मिति २०८२ साल मंसिर २७ गते शनिबारकाे दिन आयाेजित जेष्ठ सदस्य सम्मान कार्यक्रममा श्रेष्ठले सर्जीकल स्ट्रिक र न्यानाे दाेसल्ला प्रदान गरि सहयाेग गर्नुभएकाे छ । ज्वालामूखी गाउँपालिका अध्यक्ष श्री यामनाथ दनै ज्युकाे प्रमुख आतिथ्यता‚ ज्वालामूखी गाउँपालिका वडा नं २ काे वडाध्यक्ष श्री राजु लाेप्पा ज्युकाे विशेष आतिथ्यता र ज्वालामूखी गाउँपालिका वडा १‚ २‚ ३ र ४ काे वडा सदस्य ज्युहरु‚ अन्य सहकारी ‚ सरकारी तथा गैरसरकारी संघसंस्थाहरुकाे आतिथ्यता रहेकाे उक्त्त कार्यक्रममा बाेल्दै यस साकाेसकाे शेयर सदस्य श्रेष्ठले गाउँघरमा जेष्ठ उमेरका बुबा आमाहरुलाई हिँडडुलमा सहज हाेस् भन्ने उद्धेश्यले स्ट्रिक प्रदान गरेकाे र यसबाट जेष्ठ सदस्यहरु र सस्थाप्रतिकाे सम्बन्धलाई थप समधुर बनाउने कुरा ब्यक्त्त गर्नुभयाे‚ साथै संस्थासँग जाेडिएर सामाजिक सेवा गर्न पाउँदा खुसि भएकाे धारणा ब्यक्त्त गर्नुभयाे । 







